डढेलो फैलिँदा दक्षिणपूर्वी कोरियामा ४ जनाको मृत्यु

डढेलो फैलिएको क्षेत्रमा विपद् घोषणा

चैत्र १०, २०८१

एजेन्सी

4 people died in Southeast Korea due to wildfires

सोल — डढेलोका कारण दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । न्युयोर्क टाइम्सले गृह मन्त्रालयलाई उदृत गर्दै २९ क्षेत्रका झन्डै २ हजार हेक्टरमा डढेलो सल्किएको जनाएको छ । बीबीसीले डढेलाे नियन्त्रणमा खटिएका दुई अग्नि नियन्त्रकको पनि मृत्यु भएकाे उल्लेख गरेको छ ।

डढेलो नियन्त्रण गर्न दर्जनौं हेलिकोप्टर परिचालन गरिएको छ भने कम्तीमा एक हजार स्थानीयलाई स्थानान्तरण गरिएको छ । राजधानी सिओलबाट करिब १६० माइल दक्षिणपूर्वमा पर्ने सान्चेओङ काउन्टीमा ढेलो फैलिएको हो । शनिबार साँझ सरकारले उक्त क्षेत्रमा विपद् घोषणा गरेको थियो ।

स्थानीय अधिकारीहरूका अनुसार आइतबार बिहानसम्म सान्चेओङमा लागेको ढेलो करिब ३० प्रतिशत नियन्त्रणमा ल्याइएको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार सुक्खा र हावाहुरीयुक्त मौसमका कारण आगो छिट्टै फैलिएको छ ।4 people died in Southeast Korea due to wildfires

सान्चेओङमा आगलागीका कारण आठ गाउँका २०० भन्दा बढी बासिन्दालाई आफ्ना घर छोड्न आदेश दिइएको छ । त्यस्तै आगलागी फैलिएको उईसोङ काउन्टीमा भने ४०० भन्दा धेरै स्थानिय विस्थापित भएका छन् ।

एजेन्सी

Link copied successfully