काठमाडौँ — अमेरिकामा अण्डाको मूल्य कम गर्नका लागि ट्रम्प प्रशासनले टर्कीए र दक्षिण कोरियाबाट अण्डा आयात गर्ने योजना बनाएको छ ।
साथै ट्रम्प प्रशानले दोस्रो देशसँग पनि कुराकानी गरिरहेको छ । अमेरिकी उपभोक्ताका लागि अण्डाको बढ्दो मूल्यबाट राहत दिलाउन उक्त योजना बनाएको अमेरिकी अधिकारीले बताएका छन् ।
कृषिमन्त्री ब्रुक रोलिन्सले व्हाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘हामी केही समयका लागि करोडौं अण्डाका विषयमा कुराकानी गरिरहेका छौं ।’
बर्डफ्लुसँग लड्न एक बिलियन अमेरिकी डलरको योजना घोषणा गरेपछि बाहिरबाट अण्डा आयता गर्ने योजना अघि सारिएको हो ।
अण्डाको मूल्य कम गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी वाचापछि पनि एक वर्षमा मूल्यमा ६५ प्रतिशत भन्दा बढी वृद्धि भएको छ । र वर्षको अन्त्यसम्म अझै ४१ प्रतिशत बढ्ने अनुमान गरिएको छ ।
