इजरायलको चेतावनी: हमासविरुद्धको आक्रमण यो सुरुवात मात्र हो 

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

Israel's warning: The offensive against Hamas is just the beginning

काठमाडौँ — इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीमा हमासविरुद्ध इजरायलले पूरै शक्तिका साथै फेरि लडाइँ सुरु गरेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बिहानदेखि सुरु भएको भीषण हवाई आक्रमणपछि मंगलबार राति उनले यस्तै प्रतिक्रिया दिएका हुन् । 

एक भिडियो जारी गर्दै उनले हमासविरुद्धको आक्रमण यो सुरुवात मात्र भएको चेतावनीसमेत दिएका छन् ।

आफ्नो बयानमा नेतान्याहुले इजरायली बन्धकलाई रिहान गर्नका लागि हमाससँग कुराकानीको कोशिस गरेको बताएका छन् । तर हरेक प्रस्तावलाई हमासले अस्वीकार गरेपछि पुन: आक्रमणमा उत्रिनुपरेको उनको आरोप छ । 

हमासद्वारा सञ्चालित स्वास्थ्यमन्त्रालयका अनुसार चार सयभन्दा बढी इजरायली आक्रमणमा मारिउका छन् । गत जनवरी १९ मा गाजामा युद्धविराम भएयता मंगलबारको आक्रमण सबैभन्दा ठूलो र विनाशकारी हो ।

एकैदिन साढे चारसयको हाराहारीमा मारिएका छन् । जसमा केही हमासका उच्च अधिकारीसमेत रहेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully