बलुचिस्तान — पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आइतबार बलुच लिबरेशन आर्मीले सुरक्षा बलको समूहलाई लक्षित गरी भएको आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ ।
आक्रमणमा २१ जना घाइते भएका छन् । अर्धसैनिक फ्रन्टियर कोप्र्सको समूह राजमार्गमा यात्रा गरिरहेको नुश्की क्षेत्रमा आक्रमण भएको थियो । घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ ।
आक्रमणको अनुसन्धान भइरहेको छ । प्रतिबन्धित आतङ्ककारी समूह बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मा लिएको छ ।
