अमेरिकी हवाई आक्रमणमा हुथी विद्रोहीतर्फ ५३ जनाको मृत्यु

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

53 people died in the US airstrike towards the Houthi rebels

काठमाडौँ — यमनमा शनिबारदेखि अमेरिकाले हुथी विद्रोहीविरुद्ध सुरु गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

विद्रोहीको स्वास्थ्य मन्त्रालयका तर्फबाट आएको एक बयानमा मृतकमध्ये पाँच जना बालबालिकासमेत रहेको बताइएको छ । 

शनिबार अमेरिकाले हुथी विद्रोहीविरुद्ध यो निर्णायक र शक्तिशाली आक्रमण सुरु गरेको थियो । लाल सागरमा जहाजमाथि आक्रमण गरेपछि त्यसको जवाफमा हवाई आक्रमण सुरु गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । 

यसै विद्रोहीका नेता अब्दुल मलिक अल–हुथीले अमेरिकाको आक्रमण जारी रहँदासम्म आफ्नो संगठनले लाल सागरमा अमेरिकी जहाजलाई निशाना बनाइराख्ने चेतावनी दिएका छन् ।

कान्तिपुर

Link copied successfully