सुनिता र बुचलाई लिन अन्तरिक्षमा पुग्यो क्रू–१० टिम

चैत्र ३, २०८१

कान्तिपुर संवाददाता

The Crew-10 team reaches space to retrieve Sunita and Butch

काठमाडौँ — नौ महिनादेखि इन्टरनेशनल स्पेस स्टेशनमा रोकिएका सुनिता विलियम्स र बुच ब्यारी विल्मोरलाई पृथ्वीमा ल्याउनका लागि क्रू–१० टिम इन्टरनेशनल स्पेस स्टेशनमा पुगेको छ । 

उक्त दलमा नासाका एनी म्याकक्लेन र निकोल एअर्स, जापान एयरस्पेस एक्सप्लोरेशन एजेन्सीका ताकुया ओनीशी र रोस्कसमसका अन्तरिक्षयात्री किरिल पेस्कोव सहभागी छन् । 

यो दलले स्टेशनमा सुनिता र बुचको स्थान लिनेछन् । ८ दिनका लागि गएका उनीहरु अन्तरिक्षयानमा प्राविधिक त्रुटीका कारण ९ महिनादेखि रोकिएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully