काठमाडौँ — क्यानडाको सत्तारुढ लिबरल पार्टीका नेता मार्क कार्नीले देशको २४ औं प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् ।
शपथका साथै उनले नयाँ मन्त्रिपरिषद् गठन पनि गरेका छन् ।
२४ सदस्यीय संक्रमणकालीन मन्त्रिपरिषद्मा क्यानडा–अमेरिका सम्बन्ध व्यवस्थापन गर्न केन्द्रीय जिम्मेवारी सम्हाल्ने मुख्य नेताहरू समावेश छन् ।
विदेश मामिलामन्त्री मेलानी जोली नै रहनेछिन् । पूर्व नवप्रवर्तन, विज्ञान तथा उद्योग मन्त्री फ्रान्कोइस–फिलिप शैम्पेनलाई अर्थमन्त्रीको रूपमा पदोन्नति गरिएको छ ।
