पाकिस्तान — बलूचिस्तानको बलूच लिबरेशन आर्मीको कब्जामा रहेको रेलबाट ३ सय यात्रीलाई उद्धार गरिएको पाकिस्तानी सेनाले दाबी गरेको छ ।
सैन्य अधिकारीका अनुसार रेलमा सवार यात्रुमध्ये एक सय जना सुरक्षा बलका जवान रहेका थिए । सैन्य प्रवक्ताका अनुसार सैन्य अभियान अन्तर्गत ३३ जना चरमपन्थी बलूच लडाकू मारिएका छन् ।
सैन्य अभियान सुरु हुनुअघि नै बलूच आर्मीले २१ जना नागरिक र चार जना सैनिकको गोली हानी हत्या गरिसकेका थिए । उक्त क्षेत्रमा खोजी अभियान जारी रहेको पाकिस्तानी आर्मीले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार चरमपन्थी संगठनले यदि बलोचका राजनीतिक बन्दीलाई ४८ घण्टाभित्र रिहा गरिएन भने सबै बन्धकलाई मारिदिने धम्की दिएको थियो ।
मंगलबार क्वेटाबाट पेशावर जाँदै गरेको ९ डिब्बावाला रेल जाफर एक्सप्रेसलाई बलूच आर्मीले कब्जामा लिएको थियो । जहाँ चार सयभन्दा बढी यात्रु सवार थिए ।
