क्यानडाबाट आयात हुने स्टिल र आल्मुनियममा ५० प्रतिशत ट्यारिफ लगाउने योजना तत्काल स्थगित

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

The plan to impose a 50 percent tariff on steel and aluminum imported from Canada is immediately postponed

काठमाडौँ — अमेरिकामा क्यानडाबाट आयात हुने स्टिल, आल्मुनियम र अन्य खनिजमाथि लागू गर्ने भनिएको ५० प्रतिशत ट्यारिफ लगाउने योजना तत्काल रोकिएको छ । 

यद्दपि क्यानडाबाट आयात हुने यी धातुमा २५ प्रतिशत ट्यारिफ जारी रहनेछ । जो आजदेखि नै लागू हुँदैछ । 

ट्रम्पको यो कदम क्यानडाको ओटारियो प्रान्तले उत्तरी अमेरिकाका केही राज्यमा पठाइँदै आएको बिजुलीमा २५ प्रतिशत नयाँ शुल्क लगाउने निर्णयपछि आएको हो । 

ट्रम्पले बिजुली आफूर्तिमा उक्त नयाँ शुल्क लगाउने निर्णविरुद्ध क्यानडामा ठूलो मात्रामा ट्यारिफ लगाउने धम्की दिएका थिए ।

यी दुवै देशबीच चलिरहेको ट्रेड वार अमेरिका र क्यानडाको अर्थतन्त्रका लागि घातक रहेको बताइएको छ । अमेरिकाले धातु आयात गर्ने देशहरुमध्ये क्यानडा सबैभन्दा अगाडि छ । 

कान्तिपुर

Link copied successfully