एक्समाथि साइबर आक्रमण, के भने मस्कले?

फाल्गुन २७, २०८१

एजेन्सी

Cyber ​​attack on X, what did Musk say?

न्युयोर्क — अर्बपति एलन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक(ट्विटर)माथि सोमबार साइबर आक्रमण भएको बताएका छन् । 

अमेरिका र युकेसमेत विश्वभरका केही क्षेत्रमा सेवा बन्द भएको गुनासोपछि मस्कले अगाडि पनि यस्ता आक्रमणहरु हुनसक्ने बताएका छन् । 

मस्कले एक्समा लेखेका छन्, ‘हामीमाथि दैनिक आक्रमण भइरहेको छ । तर यो धेरै संसाधनमाथि एकैपटक गरिएको छ ।’

उनले कुनै ठूलो समूह या कोही देशको हात हुनसक्ने बताएका छन् । एक्सको आउटेज मनिटर डाउनडिटेक्टरलाई प्रभावित गर्ने प्राविधिक समस्याबारे सोमबार अमेरिकी युजर्सका तर्फबाट गुनासो आएपछि मस्कले आफ्नो बयान दिएका हुन् ।

एजेन्सी

Link copied successfully