सिरियाली अन्तरिम सरकार र कुर्दिश नेतृत्वको लडाकु समूहबीच शासन एकीकरणमा सम्झौता

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

Agreement between the Syrian interim government and the Kurdish-led militant group on governance integration

काठमाडौँ — सिरियाली अन्तरिम सरकार र कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसले सोमबार कुर्दिश नियन्त्रित क्षेत्रका सबै नागरिक र सैन्य संस्थाहरूलाई राज्य संस्थाहरू अन्तर्गत गाभ्ने सम्झौतामा पुगेको जनाइएको छ ।

एकीकरणमा सीमा नाका, विमानस्थलका साथै तेल र ग्यास क्षेत्रहरूमा रहेका ती संस्थाहरू समावेश छन् ।

सिरियाली अन्तरिम राष्ट्रपति अहमद अल–शारा र एसडिएफका शीर्ष कमाण्डर मजलूम अब्दीबीचको दिनको सुरुमा भएको बैठकमा सम्झौतालाई अन्तिम रूप दिइएको थियो । 

सम्झौतामा सबै सिरियालीहरूको अधिकारको ग्यारेन्टी गर्ने, कुर्दिश समुदायलाई सिरियाको अभिन्न अंगको रूपमा आधिकारिक मान्यता दिने, राष्ट्रव्यापी युद्धविराम गर्ने र फर्केका विस्थापित सिरियालीहरूको सुरक्षा गर्ने प्रावधानहरू पनि समावेश छन् ।

कान्तिपुर

Link copied successfully