रुसी आक्रमणमा कम्तिमा २५ जना मारिएको युक्रेनको दाबी

फाल्गुन २५, २०८१

एजेन्सी

Ukraine claims at least 25 killed in Russian attack

काठमाडौँ — युक्रेनका अधिकारीहरुले शनिबार रुसी आक्रमणबाट कम्तिमा २५ जनाको मृत्यु भएको बताएका छन् । 

स्थानीय अधिकारीका अनुसार दोनेत्स्कमा भएको एक आक्रमणमा मात्रै कम्तिमा ११ जना मारिनुका साथै ४० जना घाइते भएका छन्, जसमा ६ जना बालबालिका रहेका छन् । 

यो आक्रमणमा खारकीएभ र ओडेसासहित अन्य क्षेत्रका आसावीय परिसर र संरचनालाईसमेत निशाना बनाइएको छ ।

अमेरिकाले युक्रेनलाई सैन्य सहयोग र गोपनीय जानकारी दिन रोक लगाएको छ ।  यसपद्धि रुसले हालैका दिनमा आक्रमणलाई तीव्र पारेको छ । रुसद्वारा युक्रेनमाथि गरिएको ताजा आक्रमणलाई लिएर पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले प्रतिक्रिया दिएका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जब तपाईं कुनै बर्बरतालाई खुसी पार्नुहुन्छ । तब धेरैभन्दा धेरै बम, धेरै तनाव र धेरै पीडित हुन्छन् ।’  

एजेन्सी

Link copied successfully