काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौतालाई लिएर रुसको तुलनामा युक्रेनको साथ डिल गर्न कठिन भएको बताएका छन् ।
यसअघि रुसमाथि नयाँ प्रतिबन्ध र ट्यारिफ लगाउनुपर्ने विषयमा गम्भिरतापूर्वक विचार गरिरहेको बताएका ट्रम्पले शुक्रबार यस्तो बताएका हुन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेखेका थिए, ‘रुस युद्ध क्षेत्रमा युक्रेनमाथि कडा प्रहार गरिरहेको छ । यस तथ्यका आधारमा म ठूलो स्तरमा रुसमाथि बैंकिड्ड प्रतिबन्ध र ट्यारिफ लागू गर्नका लागि गम्भिरताका साथ विचार गरिरहेको छु । जबसम्म युद्धविराम र अन्तिम रुपमा शान्ति सम्झौता हुँदैन ।’
