अमेरिकामा १५ वर्षपछि पहिलोपटक दिइयो गोली प्रहार गरी मृत्युदण्ड

फाल्गुन २४, २०८१

एजेन्सी

After 15 years, the death penalty was given by firing squad for the first time in America

काठमाडौँ — अमेरिकाको दक्षिण क्यारोलिनामा एक व्यक्तिलाई गोली प्रहार गरी मृत्युदण्डको सजाय दिइएको छ । आफ्नी पूर्व प्रेमिकाका आमा–बुबाको हत्यामा दोषी पाइएका ती व्यक्तिलाई उक्त सजाय दिइएको हो ।

ब्रेड सिगमोन नाम गरेका ती व्यक्तिमाथि फायरिङ स्क्वाडले शुक्रबार गोली प्रहार गरी मारेको हो । पछिल्लो १५ वर्षयता कसैलाई फायरिङ स्क्वाडले गोली हानी मारेको यो पहिलो घटना हो । 

६७ वर्षीय सिगमोनले आफ्नी पूर्व प्रेमिकालाई अपहरण गर्नुअघि सन् २००१ मा उनका माता–पिताको बेसबल ब्याटले हानेर हत्या गरेका थिए । ब्रेड सिगमोनले फायरिङ स्क्वाडलाई गोली हानी आफ्नो हत्या गर्न अनुरोध गरेका थिए । 

अमेरिकामा मृत्युदण्डको सजाय पाइसकेका व्यक्तिलाई आफ्नो मृत्यु छनोट गर्न तीन विकल्प दिइन्छ । पहिलो:घातक इन्जेक्सन, दोस्रो इलेक्ट्रिक कुर्सी र तेस्रो फायरिङ स्क्वाड ।  

एजेन्सी

Link copied successfully