तिब्बतको डिंग्री केन्द्रबिन्दु भएर ५‍.९ म्याग्निच्युडको भूकम्प

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

5.9 magnitude earthquake with epicenter in Dingri, Tibet

काठमाडौँ — तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर शनिबार दिउँसो ५‍.९ म्याग्निच्युडको भूकम्प गएको छ । नेपालको सीमा क्षेत्र जोडिएको भूभागमा दिउँसो २ बजेर ३५ मिनेटमा उक्त भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंसहित नेपालका विभिन्न जिल्लाहरुमा महसुस गरिएको छ ।

शनिबार बिहान मात्रै म्याग्दीमा ३ बजेर १४ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको र बिहान ६ बजेर २० मिनेटमा बागलुङमा ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको वेबसाइटमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully