काठमाडौँ — युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको गृहनगरमा एक होटलमा रुसले गरेको मिसाइल आक्रमणमा परी चार जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेलेन्स्कीले ब्रसेल्समा युरोपियन नेताहरुसँग शिखर सम्मेलनको तयारी गरिरहेका बेला यो आक्रमण भएको हो ।
शहरका क्षेत्रीय गभर्नर सेरही लिसाकका अनुसार क्रिभिमा रुसी मिसाइलबाट कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् ।
सेरही लिसाकले मिसाइल युक्रेनको केन्द्रीय शहरमा एक होटलमा खसेको थियो । जसमा १३ अपार्टमेन्ट र १२ पसल क्षतिग्रस्त भएको बताए ।
युक्रेनको रणनीतिक उद्योग मन्त्रालयका सल्लाहकार यूरी साकले यसलाई शान्तिपूर्ण होटलमा आक्रमण गरिएको बताएका छन् ।
