दक्षिण कोरियामा लडाकू विमानले झुक्किएर खसाए आफ्नै नागरिकमाथि आठ बम, सात जना घाइते

फाल्गुन २२, २०८१

एजेन्सी

In South Korea, a fighter plane swerved and dropped eight bombs on its own citizens, injuring seven people

काठमाडौँ — दक्षिण कोरियाको वायु सेनानका दुईवटा लडाकू विमानले सैन्य अभ्यासका क्रममा आफ्नै नागरिकमाथि बम खसाएका छन् । 

उक्त घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । 

दक्षिण कोरियाली वायु सेनाका केएफ–१६ विमानबाट स्थानीय समयअनुसार १० बजेर ४ मिनेटमा उत्तर कोरियाको सीमा क्षेत्रको पोचियोन शहरमा उक्त बम झुक्किएर खसालिएको बताइएको छ । 

विमानबाट खसेका आठमध्ये एक बम पड्किएको बताइएको छ । पोचियोनका अधिकारीले बीबीसीसँग कुरा गर्दै बम निरोधक दल अन्य सातवटा बमलाई सुरक्षित तरिकाले नष्ट गर्न जुटिरहेको जानकारी दिएका छन् । 

उक्त क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिँदैछ । स्थानीय मिडिया रिपोर्ट्सका अनुसार दुई जनाको गर्धन र काँध फ्र्याक्चर भएको छ । 

एजेन्सी

Link copied successfully