ट्रम्पसँग नोंकझोकपछि बेलायत पुगे जेलेन्स्की, सैन्य आपूर्तिका लागि २.२६ बिलियन पाउन्ड ऋणमा सम्झौता

फाल्गुन १८, २०८१

एजेन्सी

Zelensky arrives in UK after clash with Trump, deals on £2.26 billion loan for military supplies

काठमाडौँ — रुस–युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नोंकझोकपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बेलायत पुगेका छन् ।

बेलायती प्रधानमन्त्री किएर स्टार्मरले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग इङ्ग्ल्यान्डको टेन डाउनिङ स्ट्रीटमा भेट गर्दै बेलायत युक्रेनको साथमा रहेको बताएका छन् । 

बेलायत पुगेपछि जेलेन्स्कीले स्टार्मरसँग बेलायतजस्तो मित्र आफूहरुसँग रहेको भन्दै खुसी व्यक्त गरे । साथै उनले युद्धमा साथ उभिएकोमा बेलायतलाई धन्यवादसमेत दिका छन् । 

यसअघि जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमा भेट गरेका थिए । जहाँ दुवै नेताबीचको भेट नोंकझोकमा परिणत भएको थियो । 

जेलेन्स्की र स्टार्मरले युक्रेनी सैन्य आपूरतिका लागि २.२६ बिलियन पाउन्ड ऋणमा हस्ताक्षरसमेत गरेका छन् । जसलाई रुसी सम्पत्तिको प्रयोग गरी ऋण चुकाइने छ । जो हाल जफत गरिएको छ । 

स्टार्मरले आइतबार रुस–युक्रेन युद्ध समाप्त गर्ने प्रयासका साथै व्यापक युरोपियन सुरक्षामा चर्चा गर्न युरोपियन देशका नेताहरुको एक शिखर सम्मेलनमा सहभागी हुन्छन् । यस्तै जेलेन्स्की आइतबार बेलायतका राजा चार्ल्स तृतीयसँग पनि भेट्ने कार्यक्रम रहेको छ । 

एजेन्सी

Link copied successfully