ट्रम्पका कुरा : कहिले जेलेन्स्की 'तानाशाही', कहिले 'साहसी'

फाल्गुन १६, २०८१

कान्तिपुर संवाददाता

Trump's words: Sometimes Zelensky 'dictatorial', sometimes 'courageous'

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वासिंटन पुगेका छन् । युक्रेनी भूमिको सुरक्षाको ग्यारेन्टीको आशासहित जेलेन्स्की अमेरिका पुगेका हुन् । 

यही भ्रमणमा अमेरिका र युक्रेनबीच खनिज तथा पुनर्निर्माण सम्झौता हुन सक्ने बीबीसीले उल्लेख गरेको छ । केही दिनअघि जेलेन्स्कीलाई 'तानाशाही' को संज्ञा दिएका ट्रम्पले भेटघाटअघि भने प्रशंसा गरेका छन् ।

ट्रम्पले अहिले भने जेलेन्स्कीलाई 'साहसी' व्यक्तिको संज्ञा दिएका छन् । बीबीसीले सोधेको पहिले तानाशाही भनेकोमा माफी माग्नुहुन्छ त भन्ने प्रश्नमा ट्रम्पले आफूले त्यस्तो भनेकामा आफूलाई विश्वास नलागेको बताएका छन् । उनले जेलेन्स्कीका लागि आफ्नो हृदयमा उच्च सम्मान भएको बताएका छन् । 

कान्तिपुर

Link copied successfully