हलिउड अभिनेता ह्‍याकम्यान पत्‍नीसहित मृत फेला

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

Hollywood actor Hackman found dead with his wife

काठमाडौँ — हलिउड अभिनेता जीन ह्‍याकम्यान मेक्सिकोको सान्ता फेस्थित घरमा पत्नी बेट्सी अराकावा र कुकुरसहित मृत भेटिएका छन् ।

९५ वर्षीय ह्याकम्यान घरमा मृत भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

स्थानीय अधिकारी एदान मन्दोजाले जोडीको मृत्यु पुष्टि गर्दै मिडियालाई जानकारी दिएका छन् । यस घटनामा कुनै अपराधको संकेत नरहेको बताइएको छ ।

मृत्युको कारण भने हालसम्म पत्ता लाग्न सकेको छैन । ‘हालको अवस्थामा कुनै अपराधको संकेत देखिएको छैन,’ मन्दोजाले भने, ‘प्रारम्भिक अनुसन्धान भइरहेको छ ।’ 

ह्याकम्यानले फिल्म ‘द फ्रेन्च कनेक्सन’मा उत्कृष्ट अभिनयको लागि एकेडेमी अवार्ड जितेका थिए । उनले सन् १९७८ मा ‘सुपरम्यान’मा लेक्स लुथरको भूमिकामा पनि अभिनय गरेका थिए ।

६ दशक लामो करियरमा उनले 'अनफर्गिभन', 'मिसिसिपी', ‘द रोयल टेनेनबउम्स’, र ‘बोनी एन्ड क्लाइड’जस्ता फिल्ममा अभिनय गरेका थिए । उनले सन् २००४ मा फिल्म क्षेत्रबाट संन्यास लिएका थिए । उनकी पत्नी गायिका अराकावा शास्त्रीय पियानोवादक थिइन् ।

यो जोडीले सन् १९९१ मा विवाह गरेको थियो । उनी ह्याकम्यानभन्दा ३४ वर्षले कान्छी थिइन् । 

ह्याकम्यानकी पहिलो पत्नी फेई मल्तिजसँग सम्बन्धविच्छेद भएको थियो ।

कान्तिपुर

Link copied successfully