युएसएडका चार हजार कर्मचारीलाई बिदामा पठाइयो, १६ सयलाई जागिरबाट निकालियो

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

4,000 USAID employees were furloughed, 1,600 were laid off

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युएसएडका अधिकांश कर्मचारीलाई बिदामा पठाएको छ भने कैयौंलाई जागिरबाटसमेत निकालेको छ ।

यूनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएड)का ४ हजार २ सय कर्मचारीलाई बिदामा पठाइएको छ । यसबाहेक एक हजार ६ सय कर्मचारीलाई जागिरबाटै निकालिएको छ । जसमध्ये कति कर्मचारीलाई फिर्ता काममा बोलाइन्छ भन्ने स्पष्ट भइसकेको छैन । 

ट्रम्प प्रशासन एलन मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिशिएन्सी (डाज)को योजना अन्तर्गत फेडरल कर्मचारीको संख्यामा कटौती गर्ने कोशिसमा लागेको छ । 

अमेरिकाका एक फेडरल जजले ट्रम्प प्रशासनको यो योजनामा रोक लगाएको थियो । तर शुक्रबार यो रोक स्थायी नहुने पनि बताएको थियो । 

युएसएडको स्थापना सन् १९६१ मा भएको थियो । जसमा १० हजार कर्मचारी कार्यरत थिए । 

कान्तिपुर

Link copied successfully