युक्रेन युद्धबारे अमेरिका र रुसबीच साउदी अरबमा वार्ता 

फाल्गुन ६, २०८१

एजेन्सी

US and Russia hold talks in Saudi Arabia on Ukraine war

रियाद — रुस-युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र रुसबीच वार्ता सुरू भएको छ । दुई देशका प्रतिनिधिबीच साउदी अरबमा मंगलबार वार्ता सुरू भएको हो । 

वार्तामा अमेरिका र रुस दुवै देशका प्रतिनिधिको नेतृत्व विदेशमन्त्रीले गरेका छन् । रुसका तर्फबाट विदेशमन्त्री सर्गेइ लाभरोभ र युरी उसाकोभ सहभागी छन् । उसाकोभ रुसी राष्ट्रपति भ्लादिमर पुटिनका विदेश नीति सल्लाहकार हुन् । 

अमेरिकी टोलीमा विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ छन् । 

त्यस्तै वार्तामा साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फर्हान अल-साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन मोहम्मद अल-ऐवान सहभागी छन् । वार्ताबारे युक्रेनी पक्षलाई भने कुनै पनि जानकारी नदिइएको बीबीसीले उल्लेख गरेको छ । 

अमेरिकाले आजको वार्ता युद्ध अन्त्यका लागि रुस गम्भीर भए/नभएको विषय निर्धारण गर्ने पहिलो कदम भएको बताएको छ । रुसले भने अमेरिकासँगको सम्बन्धलाई सामान्य बनाउने आशा राखेको देखिन्छ । 

एजेन्सी

Link copied successfully