स्टिल र आलुमनियम आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

माघ २८, २०८१

एजेन्सी

Trump's announcement of a 25 percent tariff on steel and aluminum imports

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने सबै स्टिल र आलुमनियममा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पको पछिल्लो कदमले क्यानडालाई ठूलो प्रभाव पार्नेछ । 

क्यानाडा र मेक्सिको अमेरिकाका दुई ठूला स्टिल व्यापार साझेदारहरू हुन् । क्यानडा अमेरिकामा आयात हुने आलुमनियम धातुको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । अघिल्लो कार्यकालमा ट्रम्पले क्यानडा, मेक्सिको र युरोपेली संघबाट आयात हुने स्टिलमा २५ प्रतिशत र आलुमनियममा १० प्रतिशत कर लगाएका थिए ।

तर एक वर्षपछि अमेरिकाले क्यानाडा र मेक्सिकोसँग त्यस्तो कर अन्त्य गर्न सम्झौता गगरेको थियो । तर ईयू राष्ट्रका लागि लगाइएको आयात कर २०२१ सम्म कायम थियो । 

'यदि उनीहरूले हामीलाई कर लगाउँछन् भने हामी उनीहरूमाथि पनि कर लगाउँछौं,' ट्रम्पले भने । ट्रम्पको पछिल्लो कदमले विभिन्न राष्ट्रहरूसँग तनाव थप बढाउने देखिएको छ । ट्रम्प प्रशासनले यसअघि लगाएको आयात करको चीनले पनि उस्तै जवाफ दिइसकेको छ । 

राष्ट्रपति ट्रम्पले अमेरिकाबाट आयात हुने सामानमा कर लगाउने सबै देशमाथि जवाफी कर लगाउने बताएका छन् । यसै साताको अन्त्यमा घोषणा गरिने त्यस्तो करबाट कुन-कुन राष्ट्रमाथि लगाइन्छ भन्नेबारे भने ट्रम्पले केही उल्लेख नगरेका बीबीसीले जनाएको छ । 

सोमबार एयर फोर्स वानमा बोल्दै ट्रम्पले स्टील र आलुमनियमका लागि सबै देशका लागि कर घोषणा गर्ने बताएका हुन् । 'अमेरिकामा आउने कुनै पनि स्टिलमा २५ प्रतिशत कर लाग्नेछ,' उनले भने ।

नयाँ घोषणाको प्रतिक्रियामा क्यानडाको ओन्टारियो प्रान्तका प्रिमियर डग फोर्डले ट्रम्पका कारण निरन्तर अराजकता उत्पन्न सार्दै हाम्रो अर्थतन्त्रलाई जोखिममा पारेको आरोप लगाएका छन् । क्यानाडाको स्टिल उत्पादन ओन्टारियोमा केन्द्रित छ ।

एजेन्सी

Link copied successfully