भ्रष्टाचारविरोधी आन्दोलन चर्किएपछि राजीनामा दिँदै सर्बियाली प्रधानमन्त्री

माघ १५, २०८१

कान्तिपुर संवाददाता

Serbian Prime Minister resigns after anti-corruption protests

काठमाडौँ — भ्रष्टाचारविरोधी आन्दोलन चर्किएपछि सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिचले राजीनामा दिने भएका छन् । गत नोभेम्बरमा नोभी सादस्थित रेल स्टेसनमा छत भत्किएपछि देशभर भ्रष्टाचारविरोधी प्रदर्शन चर्किएको छ । सर्बियाकै दोस्रो ठूलो सहर नोभी सादमा घटेको उक्त घटनामा १५ जनाको ज्यान गएको थियो । 

भ्रष्टाचारविरोधी आन्दोलनमा विद्यार्थी, शिक्षक र श्रमिकहरू संलग्न छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री भुसेभिचले आफ्नो राजीनामाले सर्बियामा देखिएको तनाव कम हुने अपेक्षा राखेको बताएका छन् । 'म सबैलाई शान्त हुन र वार्तामा सरिक हुन आग्रह गर्छु,' लोकप्रियतावादी प्रधानमन्त्रीका रूपमा छवि भएका भुसेभिचले बताए ।

भुसेभिचको राजीनमासँगै सर्बियामा संसदीय चुनाव हुने अपेक्षा गरिएको छ । उनी गत वर्षको मे महिनामा मात्र प्रधानमन्त्री भएका थिए । सर्बियामा लोकप्रियतावादी राष्ट्रपति अलेक्जेन्डर भुसिचको 'तानाशाही शासन'मा भ्रष्टाचार बढेको भन्दै सर्बियालीहरू असन्तुष्ट देखिएका छन् । 

कान्तिपुर

Link copied successfully