सैफ अली खानको अवस्था 'खतरामुक्त', कम्मरको हड्डीबाट निकालियो चक्कुको टुक्रा

माघ ३, २०८१

कान्तिपुर संवाददाता

Saif Ali Khan's condition 'out of danger', knife cut from hip bone

काठमाडौँ — बलिउड अभिनेता सैफ अली खान खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । सैफलाई बिहीबार सबेरै मुम्बईको बान्द्रास्थित घरमै घुसेर अज्ञात व्यक्तिले चक्कु हानेका थिए ।

चक्कु प्रहारबाट उनको शरीरमा ६ ठाउँमा चोट लागेको चिकित्सकले बताएका छन् । जसमध्ये २ वटा गहिरा चोटसमेत छन् । 

उनीमाथि आक्रमण भएपछि तत्काल लीलावती अस्पताल लगिएको थियो । चिकित्सकहरूका अनुसार सैफको कम्मरको हड्डीबाट करिब २ इन्चको चक्कुको टुक्रा निकालिएको छ । प्रहरीले घटनाको छानबिन गरिरहेको जनाएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully