बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार

माघ ३, २०८१

कान्तिपुर संवाददाता

Bollywood actor Saif Ali Khan attacked with a sharp weapon

काठमाडौँ — बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण भएको छ । बुधबार राति करिब २ बजे अज्ञात व्यक्तिले मुम्बईको बांद्रास्थित उनको घरभित्र प्रवेश गरेर धारिलो हतियार प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणबाट सैफ गम्भीर घाइते भएका छन् । उनलाई तत्काल लीलावती अस्पतालमा भर्ना गरिएको छ। सूचनाअनुसार आक्रमण पश्चात आक्रमणकारी भाग्न सफल भएका छन् ।

प्रहरीले घटनाको छानबिन गरिरहेको छ । सीसीटीभी फुटेजमार्फत् आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको जनाइएको छ । 

कान्तिपुर

Link copied successfully