अझै नियन्त्रणमा आएन क्यालिफोर्नियाको डढेलो, मृत्यु हुनेको संख्या ११ पुग्यो 

पुस २७, २०८१

एजेन्सी

California wildfires still not under control, death toll reaches 11

क्यालिफोर्निया — अमेरिकाको क्यालिफोर्निया राज्यमा शुक्रबार  फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण हालसम्म कम्तीमा ११ ज्यानले ज्यान गुमाइसकेका सीएनएनले जनाएको छ । 

अधिकारीहरूका अनुसार डढेलोले १० हजारभन्दा बढि घर तथा अन्य संरचना ध्वस्त पारिसकेको छ । क्यालिफोर्नियाको आगलागी नियन्त्रण अधिकारीहरूका अनुसार हाल कम्तिमा ६ स्थानमा डढेलो लागिरहेको छ । तीमध्यै सबैभन्दा ठूलो डढेलो पालिसेड्स क्षेत्रमा छ । पालिसेड्स क्षेत्रमा कम्तीमा २१ हजार ५ सय एकड क्षेत्रमा डढेलो लागिरहेको छ । 

इटनमा १४ हजार एकडमा फैलिएको डढेलोले करिब एक हजार संरचना ध्वस्त पारिसकेको छ । त्यस्तै, केनेथमा १ हजार एकड र हर्स्टमा ७ सय ७० एकड क्षेत्रमा डढेलो लागिहरेको छ । आर्चरको डढेलो १९ एकडमा फैलिएको छ । California wildfires still not under control, death toll reaches 11

लस एन्जलसको उत्तरी पहाडी क्षेत्र लिडियामा ३ सय ९५ एकडमा फैलिएको आगो ९८ प्रतिशत नियन्त्रणमा आएको छ । हर्स्टको डढेलो करिब ७० प्रतिशत नियन्त्रणमा आएको जनाइएको छ । अन्य डढेलो नियन्त्रणको प्रगति ५० प्रतिशतभन्दा कम छ । 

लस एन्जलस काउन्टीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । अधिकारीहरूले धुँवा र खरानीका कारण हावाको गुणस्तर खराब भएकाले जनाउँदै स्वास्थ्य संकटकाल घोषणा गर्नुपरेको जनाएका छन् । California wildfires still not under control, death toll reaches 11

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले पानी आपूर्तीको कमीका कारण आगो निभाउने प्रयास थप जटिल बनेको विषयमा अनुसन्धान गर्न माग गरेका छन् । 

एजेन्सी

Link copied successfully