इजरायली आक्रमणबाट १७ प्यालेस्टिनीको मृत्यु

पुस १८, २०८१

सिन्हवा

17 Palestinians killed in Israeli attack

काठमाडौँ — इजरायली आक्रमणबाट उत्तरी र मध्य गाजा पट्टीमा बुधवार १७ प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायली विमानले उत्तरी गाजाको जबलिया अल–बलादमा रहेको एउटा घरमा गरेको आक्रमणमा अधिकांश बालबालिकाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको छ । मध्य गाजाको अल–बुरेइज क्याम्पमा रहेको एउटा घरमा इजरायली बमबारीका कारण थप दुई जनाको मृत्यु भएको छ।

इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बुधबार विज्ञप्ति जारी गर्दै अल–बुरेज क्षेत्रका केही ब्लकका बासिन्दाहरूलाई आक्रमण गर्नुअघि मानवीय क्षेत्रमा तुरुन्तै सर्न आग्रह गरेका थिए ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजामा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा लगभग १ हजार २ सय मानिस मारिएका थिए ।

अहिलेसम्म  गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४५ हजार ५५३ पुगेको छ ।

सिन्हवा

Link copied successfully