इजरायलद्वारा गाजामा आक्रमण, कम्तीमा १३ जनाको मृत्यु 

पुस ७, २०८१

एजेन्सी

Israel attacks Gaza, at least 13 dead

जेरुसलेम — इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा आइतबार गरेको आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ । आईडीएफले उत्तरी गाजामा रहेको मुसा विन नुसइर विद्यालयमा हवाई आक्रमण गरेको हो ।

द्वन्द्वप्रभावितहरूले आश्रय लिइरहेको विद्यालयमा गरिएको आक्रमणमा कम्तीमा ८ जनाको ज्यान गएको छ । आईडीएफले उत्तरी गाजाको कामल आड्वान र अल-अवदा अस्पतालमा आक्रमण गरेको अल जजिराले जनाएको छ । 

त्यस्तै, आईडीएफले उत्तरी गाजाकै जबालिया क्षेत्रमा पनि आक्रमणमा गरेको छ । आक्रमणमा ५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ४ जना बालबालिका छन् । 

आईडीएफले भने हमास लडाकुहरूविरुद्ध आक्रमण गरेको दाबी गरेको छ । आईडीएफले विज्ञप्ती जारी गर्दै  विद्यालय परिसरमा रहेको 'कमाण्ड एण्ड कन्ट्रोल कम्प्लेक्स' मा लडाकुहरूविरुद्ध हवाई आक्रमण गरिएको जनाएको हो । 

एजेन्सी

Link copied successfully