एबीसी न्युजले मानहानी मुद्दामा ट्रम्पलाई १५ मिलियन डलर तिर्ने

मंसिर ३०, २०८१

कान्तिपुर संवाददाता

ABC News to pay Trump $15 million in defamation suit

काठमाडौँ — अमेरिकाको एबीसी न्युजले मानहानी मुद्दामा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई १५ मिलियन डलर(झन्डै २ अर्ब नेपाली रुपैयाँ) तिर्ने भएको छ । एबीसी न्युजका प्रस्तोता जर्ज स्टेफानोपोलिसका कारण ट्रम्पलाई च्यानलले पैसा तिर्नुपरेको हो ।

जर्जले यसै वर्षको मार्च १० का दिन एक अन्तर्वार्ताका क्रममा ट्रम्प 'बलात्कारका लागि जिम्मेवार' रहेको बताएका थिए । एबीसी न्युजले ट्रम्पलाई मानहानीमा क्षतिपूर्ति मात्र नभई क्षमायाचना पनि प्रकाशित गर्नुपर्नेछ ।

साथै ट्रम्पलाई कानुनी शुल्कका रूपमा १ मिलियन डलर पनि तिर्नुपर्नेछ । मुद्दा खारेजका लागि एबीसी न्युज र  ट्रम्पबीच उक्त रकममा सहमति भएको हो । 

कान्तिपुर

Link copied successfully