कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

आइसल्यान्डमा तारनतार भूकम्पको धक्का, ज्वालामुखी विस्फोटनको खतरा

राष्ट्रिय संकटकालको घोषणा
कान्तिपुर संवाददाता

काठमाडौँ — श्रृंखलाबद्ध रुपमा भूकम्प गएपछि ज्वालामुखी विस्टफोन हुने त्रासमा आइसल्यान्डले राष्ट्रिय संकटकालको घोषणा गरेको छ । अधिकारीहरुले सचेतना अपनाउँदै दक्षिण पश्चिम नगर ग्रिनडाभिकबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएका छन् । सो नगरमा ४ हजार मानिस बस्दै आएका थिए । 

आइसल्यान्डमा तारनतार भूकम्पको धक्का, ज्वालामुखी विस्फोटनको खतरा

आइसल्यान्डिक मेट्रोलोजिकल अफिसले रेक्यानेस प्रायद्वीपभित्रै र त्यस आसपासको क्षेत्रमा ज्वालामुखी विस्फोटनको ठूलो जोखिम रहेको जनाएको छ । कहिले भनेर यकिनेको साथ भन्न नसके पनि चाँडै ज्वालामुखी पुन: विस्फोटन हुने जनाएको छ । सो क्षेत्रमा ८ सय वर्षपछि २०२१ मा ज्वालामुखी सक्रिय भएको थियो ।

केही साताभित्र फाग्रादाल्स्फ्याक ज्वालामुखी नजिकै हजारौं पटक भूकम्पको मापन गरिएको छ । पछिल्लो १५ दिनमा सो क्षेत्रमा साना ठूला गरी २० हजारभन्दा बढी पटक भूकम्पको मापन गरिएको बीबीसीले जनाएको छ । पछिल्लो ४८ घण्टामा सो क्षेत्रमा १ हजार ४८ पटक भूकम्पको मापन गरिएको छ । र, नगरको सतहमुनि लाभाको सुरुङ बनेको अधिकारीहरुले बताएका छन् ।

आइसल्यान्ड सक्रिय भौगर्भिक क्षेत्रमा पर्छ । जसमा करिब ३० वटा सक्रिय ज्वालामुखी स्थलहरु रहेका छन् । ८ सय वर्षदेखि निष्क्रिय रहेको फाग्रादाल्स्फ्याक पहाडमा अवस्थित २०२१, २०२२ र २०२३ मा ज्वालामुखीबाट लाभाहरु बाहिर निस्किएको थियो । पछिल्लो समयमा गत जुनमा सो ज्वालाखुमीबाट लाभा बाहिर निस्किएको थियो ।

प्रकाशित : कार्तिक २६, २०८० १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?