कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको नयाँ संसद्‌मा 'अखण्ड भारत'को नक्सा, नेपालका लुम्बिनी र कपिलवस्तुको नाम पनि समावेश

काठमाडौँ — भारतमा आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित गरिएको छ । सो नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ । 

भारतको नयाँ संसद्‌मा 'अखण्ड भारत'को नक्सा, नेपालका लुम्बिनी र कपिलवस्तुको नाम पनि समावेश

संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक कार्यक्रमसहित आइतबार उद्घाटन गरेका थिए । भारतीय सञ्चार माध्यमहरुले विगतका महत्वपूर्ण अधिराज्य तथा सहरहरुलाई समावेश गरेको जनाएका छन् ।

सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)को मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघ(आरएसएस)ले अखण्ड भारतको विषयलाई उठाउँदै आएको छ । जसलाई प्राचीन समयमा भारतीय प्रभाव क्षेत्रको रुपमा व्याख्या गर्ने गरेको छ ।

भारतका संसदीय मामिला मन्त्री प्रल्हाद जोशीले अखण्ड भारत अंकित मुरालको फोटो राख्दै ‘दृढता स्पष्ट छ - अखण्ड’ भारत भन्दै ट्वीट गरेका छन् । त्यसैगरी लोकसभामा बीजेपीका सांसद मनोज कोडाकले ‘अखण्ड भारत’ले शक्तिशाली र आत्मनिर्भर भारत भन्दै ट्वीट गरेका छन् ।

‘नयाँ संसद् भवनमा अखण्ड भारत । यसले हाम्रो शक्तिशाली तथा आत्मनिर्भरताको प्रतिनिधित्व गर्छ’ उनले लेखेका छन् ।

राष्ट्रिय स्वयंसेवक संघले ‘अखण्ड भारत’को धारणाले भौगोलिक अभिवाजित भारतको प्रतिनिधित्व गर्ने बताउँदै आएको छ । जसमा हालको अफगानिस्तानदेखि दक्षिण पूर्व एशियाको थाइल्यान्डसम्मको भूभागलाई समेट्ने जनाएको छ ।

प्रकाशित : जेष्ठ १४, २०८० २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?