जापानी अदालतले भन्यो : समलिंगी विवाहमाथिको प्रतिबन्ध संवैधानिक

काठमाडौँ — जापानको ओसाका जिल्ला अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्धले संविधान उल्लंघन नगरेको फैसला गरेको छ । अदालतको फैसलाले समलिंगी विवाहलाई संवैधानिक मान्यता दिलाउन लागिपरेका समलिंगी जोडी र अधिकारकर्मीलाई झट्का लागेको छ ।

जापानी अदालतले भन्यो : समलिंगी विवाहमाथिको प्रतिबन्ध संवैधानिक

जापानको संविधानले विवाहलाई दुई अलग-अलग लैंगिक पहिचान भएका व्यक्तिबीच मात्रै हुने भनेर परिभाषित गरेको छ । समलिंगी विवाहलाई मान्यता नदिने जापान विकसित मुलुकहरूको समूह जी ७ को एक मात्र सदस्य देश हो ।

ओसाका अदालतमा दुई पुरुष जोडी र एक महिला जोडीले मुद्दा दायर गरेका थिए । समलिंगी सम्बन्धप्रति अत्यन्तै रुढीवादी सोच राख्ने जापानी समाजमा यस प्रकारको दोस्रो मुद्दा परेको हो । बीबीसीका अनुसार यसअघि सन् २०२१ मा साप्पोरो जिल्ला अदालतमा पनि यस्तै मुद्दा परेको थियो । अदालतको फैसलालाई एक निवेदकले 'डरलाग्दो' भनेकी छिन् । अदालतको निर्णयले धक्का लागेसँगै जापानी सरकारले समलिंगी संगठनले आफ्ना माग सम्बोधनका लागि सरकारलाई दबाब दिन सक्ने बताइएको छ ।

जापानको वर्तमान कानुनअनुसार समलिंगी जोडीलाई विवाह गर्ने, अभिभावकीय जिम्मेवारी ग्रहण गर्ने र एक अर्काको सम्पत्तिमा दाबी गर्ने अधिकार छैन । तर केही स्थानीय नगरपालिकाले दिने प्रमाणपत्रका आधारमा भने समलिंगी जोडीलाई एकै ठाउँमा बस्ने र अस्पतालमा जाने अधिकार भने दिन्छ ।

प्रकाशित : असार ६, २०७९ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?