कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नर्वेमा तीर आक्रमण : ५ जनाको मृत्यु, २ घाइते

एजेन्सी

ओस्लो — नर्वेमा एक व्यक्तिले तीर आक्रमण गरी ५ जनाको हत्या गरेका छन् । बुधबार साँझ कोंग्सबर्गमा ती व्यक्तिले अन्धाधुन्ध तीर आक्रमण गरेको बताइएको छ ।

नर्वेमा तीर आक्रमण : ५ जनाको मृत्यु, २ घाइते

आक्रमणमा अन्य दुई जना घाइते भएका छन् । संदिग्ध आक्रमणकारीलाई गिरफ्तार गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । आक्रमणको उद्धेश्य अहिलेसम्म थाहा नभएको र अनुसन्धान जारी रहेको पनि प्रहरीको भनाइ छ ।

आक्रमणमा परी मृत्यु भएका व्यक्तिको शव स्थानीय सुपरमार्केटमा भेटिएको थियो । ड्युटीमा नभएका एक जना प्रहरी अधिकारी पनि आक्रमणमा घाइते भएको र उपचार भइरहेको बीबीसीले जनाएको छ । नर्वेकी प्रधानमन्त्री अर्ना सोल्बर्गले घटना बीभत्स भएको बताएकी छिन् । आक्रमणबाट धेरै जना त्रसित भए पनि अहिले अवस्था नियन्त्रणमा आएको उनले बताएकी छिन् ।


प्रकाशित : आश्विन २८, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?