२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अफगानिस्तानबाट सेना फिर्ता बोलाउनुमा कुनै अफसोच छैन : अमेरिकी राष्ट्रपति बाइडेन

९० दिनभित्र तालिबानले काबुलमाथि कब्जा गर्न सक्छ : अमेरिकी गुप्तचर अधिकारी
तालिबानद्वारा ६ दिनमा ८ वटा प्रान्तीय राजधानी कब्जा
इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता बोलाउनुमा आफूलाई कुनै अफसोच नभएको बताएका छन् । राष्ट्रपति बाइडेनलले अफगानी नेतालाई एकजुट हुन र ‘राष्ट्रका लागि लड्न’ पनि अपिल गरेका छन् । 

अफगानिस्तानबाट सेना फिर्ता बोलाउनुमा कुनै अफसोच छैन : अमेरिकी राष्ट्रपति बाइडेन

२० वर्ष लामो सैन्य अपरेसनपछि अमेरिकी नेतृत्वको विदेशी सेना फिर्ता भएपछि अफगानिस्तानमा तालिबानले आक्रमण बढाउँदै आएको छ । ६ दिनमा ३४ मध्ये कम्तीमा ८ वटा प्रान्तीय राजधानीमा तालिबानले कब्जा जमाइसकेको छ ।

मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति बाइडेनले अफगानिस्तानसँग गरिएको वाचामा अमेरिका प्रतिबद्ध रहेको बताएका छन् । हवाई सहायता र अफगान सुरक्षाकर्मीलाई उपकरण सहयोग भने जारी रहने बाइडेनको भनाइ छ । उनले अगाडि भने,‘उनीहरु आफ्ना लागि लड्नुपर्नेछ ।’

सुरक्षा अवस्था बुझ्नका लागि मजर-ए-सरिफ पुगेका अफगानी राष्ट्रपति असरफ घानी । तस्बिर : रोयटर्स

संयुक्त राष्ट्र संघका अनुसार गत महिना मात्रै तालिबान र सुरक्षा फौजबीचको झडपमा १ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको बताएको छ । त्यस्तै युनिसेफले जारी हिंसाको मारमा बालबालिका बढी रहेको बताएको छ । मंगलबार मात्रै तालिबानले दुई प्रान्तीय राजधानी फराह र पुल–ए–खुमरी कब्जा गरेका छन् । यसअघि तालिबानले महत्त्वपूर्ण मानिएको कुन्दुज सहरलगायत ६ वटा प्रान्तीय राजधानी आफ्नो कब्जामा लिइसकेको छ ।

यसैबीच वासिंटन पोस्टमा छापिएको एउटा रिपोर्टमा ९० दिनभित्र राजधानी काबुल तालिबानको कब्जामा आउन सक्ने बताइएको छ । वासिंटन पोस्टले अमेरिकी गुप्तचर अधिकारीहरुलाई उद्धृत गर्दै तालिबानले ढिलोचाँडो काबुल नै कब्जा गर्ने रणनीतिअनुरुप अगाडि बढेको उल्लेख गरेको छ ।

प्रकाशित : श्रावण २७, २०७८ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?