चीनमा भीषण बाढी : १२ को मृत्यु, हजारौं विस्थापित

इकान्तिपुर डेस्क

काठमाडौँ — भारी वर्षापछि चीनका विभिन्न प्रान्तमा भीषण बाढी आएको छ । मुसलधारे वर्षासँग आएको बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

चीनमा भीषण बाढी : १२ को मृत्यु, हजारौं विस्थापित

हेनान प्रान्तमा १० हजारभन्दा बढी मानिसलाई उद्धार गरी सेल्टरमा राखिएको छ । बाढीका कारण दर्जनौं सहर प्रभावित भएका छन् । बाढीले मुख्य राजमार्गसमेत डुबानमा परेपछि सवारी साधन ठप्प छन् भने हवाई उडान पनि स्थगित गरिएको छ । झन्डै १० करोड जनसंख्या रहेको हेनान प्रान्तले वर्षा सुरु भएसँगै अस्वभाविक बाढी आउन सक्ने भन्दै चेतावनी जारी गरेको छ ।

तस्बिर : रोयटर्स

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर र भिडियोहरुमा सडकहरू डुबेको र कारहरु बाढीमा बगेको दृश्य देख्न सकिन्छ । पछिल्लो बाढीले क्षति पुऱ्याएका कारण हेनानको बाँधमा पनि क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।

तस्बिर : रोयटर्स

चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सका अनुसार हेनान प्रान्तमा ६० वर्षयताकै ठूलो पानी परेको हो । जङ्जो सहरमा २०१.९ मिलिमिटर प्रतिघण्टासम्म पानी परेको ग्लोबल टाइम्सले जनाएको छ । यसअघि सन् १९७५ मा १९८.५ मिलिमिटर पानी परेको त्यहाँको राष्ट्रिय मौसम विभागले जनाएको छ । विज्ञहरुका अनुसार इन्फा आँधीका कारण वर्षा भएको हो ।

तस्बिर : रोयटर्स

राष्ट्रपति सी चिनफिङले अधिकारीहरुलाई तत्काल उद्धारको व्यवस्था गर्न निर्देशन दिएका छन् । उनले नागरिकको जीवन र सम्पत्तिको रक्षालाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।

प्रकाशित : श्रावण ६, २०७८ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?