२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

ब्राजिलद्वारा कोभ्याक्सिन खोप किन्ने सम्झौता स्थगित

राष्ट्रपति बोल्सोनारोमाथि अनियमितताको आरोप
इकान्तिपुर डेस्क

काठमाडौँ — राष्ट्रपति जायर बोल्सोनारोमाथि अनियमितताको आरोप लागेपछि ब्राजिलले भारतको भारत बायोटेकसँग कोरोना खोप किन्ने सम्झौता स्थगित गर्ने भएको छ । खोप खरिद सम्झौतामा राष्ट्रपति बोल्सोनारोले अनियमितता गरेको आरोप लाग्दै आएको छ । 

ब्राजिलद्वारा कोभ्याक्सिन खोप किन्ने सम्झौता स्थगित

ब्राजिल सरकारले भारत बायोटेकसँग गरेको कोभ्याक्सिन खोपको २ करोड डोज किन्न सम्झौता गरेको थियो । उक्त सम्झौता करिब ३२४ मिलियन अमेरिकी डलरबराबरको थियो । राष्ट्रपति बोल्सोनारोले भने आफूले अनियमितता नगरेको स्पष्टीकरण दिँदै आएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार अनियमितताको आरोप लागेपछि बोल्सोनारोमाथि सार्वजनिक रुपमा दबाब बढ्दै गएको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार स्वास्थ्य मन्त्रालयको एउटा टिमले अनियमितताको आरोपबारे छानबिन गर्ने भएको छ । सोमबार प्रमुख विपक्षी पार्टीका सांसद रान्डोल्फ रोड्रिगेजले बोल्सोनारोविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेका छन् ।

प्रकाशित : असार १६, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?