कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

कोरोनाको उद्‍गमस्थल वुहानमा नयाँ कोरोना संक्रमित भेटिएनन् 

एजेन्सी

बेइजिङ — कोरोना भाइरस(कोभिड–१९) को उद्गमस्थल हुबेई प्रान्तको वुहानमा बुधबार एक जना व्यक्तिमा पनि संक्रमण देखिएन । हुबेइ प्रान्तको स्वास्थ्य आयोगले बुधबार भाइरसको नयाँ संक्रमण नदेखिएको जनाएको हो ।

कोरोनाको उद्‍गमस्थल वुहानमा नयाँ कोरोना संक्रमित भेटिएनन् 

हुबेई स्वास्थ्य आयोगका अनुसार बुधबार ८ जनाको मृत्यु भएको छ भने बुधबार वुहानमा संक्रमितको संख्या ५० हजार ५ रहेको छ भने हुबेईमा ६७ हजार ८ सय रहेको छ । स्वास्थ्य आयोगका अनुसार बुधबार पुरै हुबेई प्रान्तमा थप संक्रमण नझेटिएको हो ।

मंगलबारदेखि हुबेईमा नयाँ सत्रंमण नदेखिएको र यसअघि द्रुत गतिमा फैलिएको संक्रमण रोकिएको स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

केही महिनाअघि हुबेईमा संक्रमितको संख्या दिनमा नै हजारभन्दा बढी व्यक्ति थिए । बुधबार मात्रै हुबेईमा ७९५ बिरामीहरु उपचारपछि निको भएर घर फर्काइएको छ । हुबेईका अस्पतालमा हाल ६ हजार ६३६ जना रहेका छन् जसमा १८०९ जना गम्भीर अवस्थामा छन् भने ४६५ जना अति गम्भीर अवस्थामा रहेका छन् । वुहानमा संक्रमण दर नदेखिएसँगै चीनभित्रै हुने संक्रमण दर बुधबारदेखि घटेको हो ।

चाइनिज एकेडेमी अफ् इन्जिनियरिङका विज्ञ झाङ बोली भन्छन्, ‘हामीले सोचेभन्दा अघि नै संक्रमण कम भएको छ, तर अझै हामी ढुक्क हुन सक्ने अवस्थामा छैनौं ।’

फेब्रुअरी १८ देखि चीनमा कोभिड–१९ का संक्रमितको संख्यामा कमी हुँदै गएको पाइएको थियो । धेरै जना बिरामीहरु उपचारपछि घर फर्किए । नयाँ संक्रमितको अवस्था घट्दै गएको छ ।

मार्च ६ मा , कोरोनाको उद्गमस्थल वुहानमा दैनिक संक्रमितको संख्या १०० भन्दा मुनि देखियो जबकि यसअघि दिनकै १४०० भन्दा बढी संक्रमित भइरहेका थिए । विश्व स्वास्थ्य संगठन र चीनको संयुक्त मिसनको नेतृत्व गरेका ब्रुस एलवार्ड भन्छन्,‘चीनमा फैलिएको यो महामारी सोचेभन्दा छिटो नै कम भएको देखियो ।’

मार्च ११ तिर संक्रमितको संख्यामा निकै कम आएको पाइएको थियो ।

संक्रमितको संख्या घट्नुमा चीन सरकारले लिएको कदमलाई प्रशंसा गरिएको छ । सभा समारोह रोक्नु, यातायातमा कडाइ गर्नु, क्वारेन्टाइनका लागि आफ्ना नागरिकलाई आग्रह गरेर चीनले संक्रमण दर घटाउन सफल भएको हो । यसअघि वुहान सहर र आसपासका क्षेत्रको अवस्था निकै गम्भीर थियो । अधिकारीहरुका अनुसार भाइरसका बारेमा धेरै जानकारी नभएका कारण ३ हजार भन्दा बढी स्वास्थ्यकर्मीहरुले संक्रमित हुन पुगे । धेरैले आफ्ना आफन्त गुमाए ।

चीनभरी नै ४२ हजार मेडिकल स्टाफलाई विभिन्न अस्पतालमा उपचारको लागि खटाइएको थियो । चीनले रातारात अस्पताल पनि खडा गरेको थियो । परीक्षण र उपचार सबै निःशुल्क बनाइएको थियो ।

प्रकाशित : चैत्र ६, २०७६ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?