कोरोना भाइरस प्रकोप : हङकङमा पनि एक जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो 

माघ २१, २०७६

एजेन्सी

हङकङ — हङकङमा कोरोना भाइरसका कारण मंगलबार एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण चीनबाहिर मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि आइतबार फिलिपिन्समा पनि कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको थियो । 

हङकङमा कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको बारेमा विस्तृत जानकारी आइसकेको छैन ।

मंगलबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । जसमध्ये ४२५ को मृत्यु चीनमै भएको छ । 

सोमबार मात्रै चीनमा थप ३ हजार २ सय ३५ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहानसम्म २० हजार ४ सय ३८ चिनियाँ नागरिकमा यसको संक्रमण देखिएको छ । विश्वका विभिन्न मुलुकमा कम्तीमा १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भइसकेको छ ।

एजेन्सी

Link copied successfully