कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खसोग्गीको हत्या पूर्वनियोजित : टर्की

एजेन्सी

अंकारा — टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले साउदी अरबका पत्रकार जमाल खसोग्गीको हत्या पूर्वनियोजित भएको बताएका छन्  । संसद्लाई सम्बोधन गर्दै इर्दोगानले साउदी अरबका आलोचक खसोग्गीको हत्या पूर्वनियोजित भएको थुप्रै प्रमाण टर्कीले जुटाएको बताए  ।

खसोग्गीको हत्या पूर्वनियोजित : टर्की

साउदी अरबले खसोग्गीको मृत्यु टर्कीस्थित महावाणिज्य दूतावासभित्र ‘दुर्घटनावश’ भएको बताएपछि टर्कीका राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो ।


गत २ अक्टोबरमा टर्कीस्थित साउदी अरबको महावाणिज्य दूतावासमा प्रवेश गरेका खसोग्गी बेपत्ता भएका थिए । खसोग्गीको हत्या साउदी वाणिज्य दूतावासमै भएको प्रमाण आफूसँग भएको दाबी टर्कीको छ । यससम्बन्धी सत्यतथ्य विश्वसामुन्ने ल्याउने इर्दोगानले बताए ।


साउदी अरबले सुरुमा खसोग्गी हत्यामा आफ्नो संलग्नता अस्वीकार गरे पनि पछि दूतावासभित्र भएको झगडामा मारिएको बताएको थियो । साउदी अरबका विदेशमन्त्री अदेल जुबेरले खसोग्गी मारिनु ‘भूल’ भएको बताए पनि त्यसमा साउदी राजकुमार मोहम्मद बिन सलमानको भूमिका नभएको बताएका थिए । उनले हत्याका लागि अनियन्त्रित एजेन्ट जिम्मेवार भएको बताएका छन् ।


राष्ट्रपति इर्दोगानले हत्याअघि १५ साउदी नागरिकहरू ३ वटा समूह बनाएर अलग–अलग उडानबाट इस्तानबुल आइपुगेको बताएका छन् । तीमध्ये ३ जना दूतावासका अधिकारीहरू भएको इर्दोगानको दाबी छ ।


प्रकाशित : कार्तिक ७, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?