टेकु अस्पतालले गण्डकी र बागमती प्रदेशबाट केही सय भाइल भ्याक्सिन ल्याएको छ । काठमाडौं महानगरपालिका र युनिसेफसँग पनि सहयोग मागेको छ ।
What you should know
काठमाडौँ — दोलखाको मेलुङ गाउँपालिकाका रेवन्त खत्री जेठ तेस्रो साता घरबाट काममा जाँदै थिए । काममा जाँदा दिउँसोका लागी खाजा पनिन सँगै लैजाने सोचेअनुसार नजिकैको पसलमा पुगे । पसको ढोका नजिकै रहेको कुकुरले उनलाई एक्कासी टोक्यो । काममा जान लागेका खत्रीले गाउँ १ वर्षअघि भएको यस्तै घटना सम्झिए । त्यसबेला कुकुरले टोकेर घाइते भएका चिनजानका ती व्यक्ति निजी क्लिनिकमा गएर खोप लगाएका थिए । तर उक्त खोप रेबिजविरुद्धको थियो थिएन ति मान्छेले ज्यान गुमाए । यही घटना सम्झेर खत्री काममै नगएर जिल्लाका सरकारी अस्पतालमा पुगे । त्यहाँ स्वास्थ्यकर्मीले भ्याक्सिन छैन भनेपछि उनी काठमाडौंको टेकूस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आए । यो त एक प्रतिनिधि घटनमा मात्रै हो । काठमाडौं बाहिरका जिल्ला मात्र होइन काठमाडौं उपत्यका कै सरकारी स्वास्थ्य संस्थामा समेत रेबिजविरुद्धको भ्याक्सिन चरम अभाव छ । ‘सरकारी अस्पतालले खोप छैन भन्यो,’ खत्रीले भने, ‘म हतार हतार दोलखाबाट आएर जेठ २२ गते खोप लगाएँ ।’ सरकारले प्राणघातक रोग रेबिजविरुद्धको खोप २ महिना बित्दासम्म पनि आपूर्ति गर्न सकेको छैन ।
टेकु अस्पतालले गण्डकी र बागमती प्रदेशबाट केही सय भाइल भ्याक्सिन ल्याएको छ । काठमाडौं महानगरपालिका र युनिसेफसँग पनि सहयोग मागेको छ । सरकारले हरेक वर्ष ३ लाख भाइल रेबिजविरुद्धको भ्याक्सिन खरिद गरेर सरकारी स्वास्थ्य संस्थामार्फत नि:शुल्क वितरण गर्दै आएको छ । तर, चैत महिनामै ठेक्का लागेर खरिद प्रक्रिया सुरु हुनुपर्ने खोपको जेठ महिनाको अन्तिम सातामा तेस्रो पटक ठेक्का आह्वान भएको हो ।
हामीले टेकु अस्पतालमा अन्य जिल्लामा भ्याक्सिन नपाएर आएका बिरामीसँग कुराकानी गरेका छौँ । यस्तै अस्पताल प्रशासनसँग खरिद प्रक्रिया र आपूर्तिको प्रयासबारे जवाफ मागेका छौँ । डा. दिपेश आर्चायले रेबिज रोगको उपचार प्रक्रिया, खोप नलगाउँदा हुने जटिताबारे सुझाव दिएका छन् ।
सम्बन्धित समाचार