१० दिनमा सरकारले कहाँ-कहाँ डोजर लगायो ?

सरकारले १० दिनमा कहाँ-कहाँ लगायो डोजर ?

वैशाख २२, २०८३

विशाल कार्की

काठमाडौँ — सरकारले गत वैशाख १२ गतेदेखि काठमाडौंमा अतिक्रमित जग्गा खाली गर्ने भन्दै सुकुमवासी बस्तीहरूमा डोजर लगाइरहेको छ ।

बस्तीबाट विस्थापित भएकाहरुलाई सरकारले होटल र होल्डिङ सेन्टरका अस्थायी आश्रयस्थलमा आश्रय दिइरहेको छ । सहरी विकास मन्त्रालयका अनुसार हालसम्म काठमाडौं र भक्तपुरको सुकुमवासी बस्तीमा डोजर चल्दा घरबारविहीन भएको भन्दै नाम टिपाएकामध्ये ७ सय ९४ परिवारलाई अस्थायी व्यवस्थापनमा राखिएको छ ।

विशाल

Link copied successfully