बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बदल्नुपछ
काठमाडौँ — एमालेले भ्रातृ संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाएपछि भएको राष्ट्रिय सम्मेलनले डा. सुजन कडरियालाई अध्यक्षमा निर्वाचित गरेको छ । अखिलको इतिहासमा चिकित्सकको हातमा नेतृत्व आएको पहिलो पटक हो । एमाले, माओवादीमा उमेर हदका कारण युवाहरु विद्यार्थी संगठनको नेतृत्वमा आउने श्रृंखला नै सुरु भएको छ ।
समानताका आधारमा शिक्षा नीति नभएसम्म सामुदायिक र निजी स्कुलमा पढ्ने विद्यार्थीबीच देखिएको खाडल कम नहुने उनको भनाइ छ । रोजगारमूलक शिक्षा नीति नहुँदा शैक्षिक संस्थाहरु ‘बेराजगार उत्पादन गर्ने कारखाना’ जस्तो भएका हुन् ? भन्ने प्रश्नमा उनी सहमत छन् । ‘कमाउँदै पढ्दै’ गर्ने नीति ल्याएर विद्यार्थीलाई रोजगारीमा जोड्नुपर्ने उनको सुझाव छ ।
आगामी दिनमा सामुदायिक स्कुल सुधारमा अखिलले प्रत्यक्ष रुपमा जोड्ने उनको तयारी छ । अखिलको अध्यक्षमा निर्वाचित भए पनि बिरामी जाँच्ने कामलाई निरन्तरता दिने उनको भनाइ छ । आगामी दिनमा अखिलले उठाउने शैक्षिक मुद्दा, शैक्षिक संस्थामा देखिएको बेथिति न्यूनीकरणलगायत विषयमा उनीसँग कान्तिपुरले गरेको कुराकानी ।