कलामा लागेको व्यक्तिलाई सोधिन्छ, तपाईं राजनीतिमा आउने होइन ? समाज परिवर्तन राजनीतिले मात्रै गर्दैन, समाजले बेथितिबाट पार लगाउने व्यक्ति खोजिरहेको छ ।
काठमाडौँ — नेपाली चलचित्र क्षेत्रमा राजेश हमालको शारीरिक कदमात्र होइन, अभिनयमा वर्षौंदेखिको निरन्तरता, सामाजिक भूमिका र सौम्यताको आयतन पनि उँचो छ । तर उनको अभिनय बहुआयामिक छैन भन्ने टिप्पणी पनि उत्तिकै छन् । त्यसैले होला, पछिल्लो समय उनी फिल्मभन्दा बढ्दा अन्य गतिविधिमा व्यस्त थिए ।
तर ८ वर्षपछि उनी जेठ ९ गतेबाट प्रदर्शन हुन लागेको नयाँ फिल्म ‘नरसिंहा’ बाट फेरि अभिनयमा फर्किँदै छन् । तीन दशकको अभिनय यात्रा, प्रविधिको चापले फिल्मकर्मीहरूमा बढाएको चाप, ‘सेन्सरसिप’ कडा बनाउने सरकारी प्रयास, कलाकारका अभिव्यक्ति खुम्च्याउने बढ्दो प्रवृत्ति र सामाजिक असन्तुष्टिलगायतका विषयमा अभिनेता राजेश हमालसँग कान्तिपुरकी रीना मोक्तानले गरेको कुराकानी :