'अपिहिमाल जस्तो दुर्गममा सिंहदरबारको नजर परेन'

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — अपी हिमालको काखमा करिब सात हजार जनसंख्या छ । गाउँपालिकाको नाम पनि यही हिमालबाट रहेको छ, अपिहिमाल गाउँपालिका ।

सुदूरपश्चिम प्रदेशको सबभन्दा अग्लो ७ हजार एक सय ३२ मिटर अग्लो अपी हिमालको प्रवेशद्वार यस गाउँपालिकाको केन्द्रलाई हालसम्म सडक सञ्जालले छोएको छैन । यहाँ भर्खर मोबाइल फोन र बिजुली बल्न थालेको छ । गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकेरे बोहराको सपना छ, आफ्नो कार्यकालमा सडक पुर्‍याउने । उच्च शिक्षा अध्ययनपछि गाउँका लागि केही गरौं भन्ने हुटहुटी बोकेर राजनीतिमा आएका बोहरा आफ्नो पालिकामा एक महिने घुम्ती सेवा शिविर चलाएर काठमाडौं आएका बेला उनीसँग त्यहाँको सुखदुःख,सम्भावना, चुनौती लगायतका विषयमा कुराकानी गरेका छौं ।

त्यहाँ विदेशी शिक्षक, स्वदेशी चिकित्सकहरुले छोटो समय स्वयंसेवा गर्दै आएका छन् । सुदूरपश्चिमको यार्सालगायत बहुमूल्य जडीबुटी निर्यात नै यस पालिकाको मुख्य आयस्रोत हो । आगामी दिनमा पर्यटन, जडीबुटी उत्पादनमा अथाह सम्भावना बोकेको तर कठिन परिस्थितिको सामना गर्दै भर्खर विकासमा वामे सर्न लागेको अपिहिमालका अध्यक्ष बोहरासँग कान्तिपुरले गरेको कुराकानी :

कान्तिपुर

Link copied successfully