ऊनको स्वीटर उन्ने नवीन

जेष्ठ ४, २०८२

रीना मोक्तान

काठमाडौँ — 'आर्टमान्डु'मार्फत गीति कथा पस्किरहेका निर्देशक हुन्, नवीन चौहान । उनको निर्देशनमा बनेको फिल्म 'ऊनको स्वीटर' अहिले हलमा प्रदर्शनरत छ । फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

आर्टमान्डुका गीत सुन्ने कत्तिले चौहान नचिन्दा हुन् तर ती गीतका हर मेलोडी, कथाभित्रको भाव, अन्तराहरूमा निर्देशक चौहानको परिचय लुकेको छ । के माया लाग्छ र’, ‘तीनपाते’, ‘घुमीघुमी’, ‘सुनाखरी’, ‘बटौली’, ‘चन्द्रमा’ लगायतका गीतमा निर्देशक चौहानले सुन्दर कथा मिसाए, सामान्य जनजीवन र यससँग जोडिएका आयाम देखाए । 

‘ऊनको स्वीटर’ मा काफ्ले र गुरुङसेनी चरित्रको प्रेमकथा छ । पाँचथरमा जन्मे–हुर्केका नवीनले फिल्ममा भौगोलिक विविधता, सांस्कृतिक पक्ष मिसाएका छन् । आफू भिजेको समाजलाई नै फिल्ममा देखाउँदा तथ्यपरक हुन्छ भन्ने उनले जानेकै थिए । त्यसैले पाँचथरका सौहार्दपूर्ण वातावरण, त्यहाँको सौन्दर्य देखाउन काफ्ले र गुरुङसेनीको कथा टिपे । उनी आफैं पनि लिम्बू गाउँमा हुर्के । उनको घरसँग आँगन जोडिएको छ– लिम्बू परिवारको । 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully