कहिले बनिसक्छ नागढुंगा-मुग्लिन सडक ?

वैशाख ३०, २०८२

विवेक पोख्रेल

काठमाडौँ — संघीय राजधानी प्रवेश गर्ने मुख्य राजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डको अवस्था यतिबेला सहज छैन । यो सडकखण्डलाई तीन भागमा बाँडेर निर्माणको काम भइरहेको छ । तर कुनै पनि काम समयमै सकिने सुरसार छैन ।

निर्माणाधीन सडकबाट हरेक दिन हजारौं यात्रु गन्तव्यतर्फ सोझिइरहेका छन् । तर ठाउँठाउँमा बेला न कुबेला जाम हुने समस्या हरेक दिन दोहोरिरहेको छ ।

नागढुंगा–नौबिसे खण्डको १२.२६ किलोमिटर पहिलो प्याकेजअन्तर्गत पर्छ । १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीसँग २०७८ चैत २९ मा यस प्याकेजको निर्माण गर्ने गरी ठेक्का सम्झौता गरिएको हो । २०८१ जेठ २७ भित्र काम सक्नुपर्ने भए पनि काम नसकिएपछि २०८१ माघसम्मका लागि पहिलोपटक र २०८२ साउन १० सम्मका लागि दोस्रोपटक म्याद थपिएको छ, प्रगति भने ७५ प्रतिशत पुगेको छ ।

याे सडककाे अवस्था कस्ताे छ भनेर बुझ्नका लागि कान्तिपुरले तयार पारेकाे भिडियाे सामग्री हेर्नुहाेस् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully