‘मृत्यदण्डको सजायपछि चुरोटको खोलमा चिठी लेखेर घरमा खबर पठाएँ’

वैशाख ७, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादीको १० वर्षे सशस्त्र युद्धका लागि नेपाली सुरक्षाकर्मीका हतियार कब्जा गरेको थियो । ‘राज्य सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने मूल सिद्धान्त लिएर सशस्त्र युद्ध गरेको माओवादीले केही अत्याधुनिक हतियार भारत र चीनबाट किनेको तथ्य खासै बाहिर आएको छैन ।

नेपाल र भारतबीच खुला सिमाना भएकाले धेरै हतियार भारतबाट ल्याएको थियो भने केही हतियार चीनबाट ल्याएको थियो । चीनबाट हतियार ल्याउन हिरालाल श्रेष्ठको टोली खटिएका थियो ।

माओवादी युद्ध उत्कर्षमा पुगेको अवस्थामा २०६० सालतिर उनी नेपाल र चीनको सीमा बजार खासा क्षेत्रबाट एके ४७ हतियार ल्याउनै लाग्दा चिनियाँ प्रहरीको फन्दामा परे । उनलाई पक्राउ गरेर सिगात्से हुँदै खासा जेलमा पुर्‍याइयो । केही समयपछि त्यहाँको जनअदालतले उनलाई मृत्युदण्डको सजाए सुनायो ।

ल्हासा मृत्यु पर्खेर बसिरहेको बेला एक दिन श्रेष्ठलाई दुई वर्षपछि मृत्युदण्ड दिने फैसला सुनाइयो । ल्हासाको जेलमा रहेर बाँच्ने आश मारिसकेका उनलाई एक दिन आममाफी पाएको अर्को फैसला सुनाइयो । त्यसपछि मात्र श्रेष्ठलाई जीवन बाँच्नुको महत्त्व बोध भयो । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी स्वदेश फर्के ।

स्थायी शिक्षकको जागिर छाडेर युद्धमा लागेका उनी स्वदेश फर्केपछि शिक्षकमै पुनर्बहाली भए । जीवनमा असमान्य घटना सामना गर्दै सुन्दर जीवन बिताइरहेका हिरालालसँग कान्तिपुरका गंगा बीसीले गरेको भिडियो संवाद ।

कान्तिपुर

Link copied successfully