नेताले आफ्ना मान्छे मात्रै पोस्ने काम गरे : विपिन कार्की

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — भर्सटाइल अभिनेताको ट्याग पाएका विपिन कार्की आफ्ना विचारहरुमा प्रस्ट देखिन्छन् । हालैमात्र उनले लोकतन्त्रबारे व्यक्त गरेको विचार सामाजिक संजालमा भाइरल भएको थियो । सामाजिक मुद्दाबारे पनि उनी चासो राख्छन् । त्यही भएर त उनी आफुले निर्वाह गर्ने चरित्रको सामाजिक गहिराईमै पुगेर जीवन्त अभिनय गरिरहेका देखिन्छन् । देशका विद्यमान विषयमा सिधा विचार राख्न उनी अनकनाउँदैनन् ।

गणतन्त्रवादी र राजावादीबीच हालै भएको प्रदर्शनीलाई लिएर उनको एउटै भनाइ छ, ‘देशमा कुनै वाद/तन्त्र/पार्टी होइन, देशमा सुशासन चाहियो । यस्तै अव्यवस्थित नभइदियोस्, राजनीति स्थिर होस् भन्ने सर्वसाधारणको विचार नै मेरो विचार हो । देशमा सुशासन चाहियो । देश सुखी होस्, सम्पन्न होस् ।’ विपीनले सुनाए, ‘सबै नेपालीको आर्थिक उन्नति होस्, पलायन भएकाहरू फर्केर आऊन् । सबै नेपालीको राम्रो होस् ।’

कान्तिपुर कलासँग कुराकानी गर्दै उनले देशमा पछिल्लो समय भइरहेका आन्दोलनबारे आफु जानकार भएको मात्रै बताएनन्, आफु सुशासनको पक्षपाती भएको पनि बताए । उनले सडक तातेकै नेताहरुप्रतिको फर्स्टेसनले भएको बताए । जनताले जे चाहन्छन, देशमा त्यही हुने मान्यता राख्ने विपिनले भने, 'धेरैबर्षदेखि जनताहरुले नेतालाइ हेरेपनि उनिहरुले केही गर्दै गरेनन् । आफ्ना मान्छे मात्रै पोस्ने काम गरे, भ्रष्टचारमा मात्रै लिप्त हुने भए ।'

कान्तिपुर कलासँग कुरा गर्दै उनले अनेक चरित्र निर्वाह गर्दा आफुले गर्ने मिहनेतका किस्सा मात्रै सुनाएनन, चरित्रमा ढाल्न कलाकारले के सम्म गर्छ भनेर पनि सुनाए । पशुपतीप्रसादको भस्मे डन देखि ‘जात्रा’को फणीन्द्र पात्र बन्दाको अनुभव सुनाए । उनले  प्रदर्शनको तयारीमा रहेको ‘कर्मा’ मा आफ्नो चरित्र निर्वाह गर्दाको मेहेनतका किस्सा पनि कुराकानीमा सुनाएका छन् ।

कान्तिपुर

Link copied successfully