काठमाडौँ — परिवार संरचना, विहे अनि समाजिम सम्बन्धहरुबारे जेन्जी पुस्ताहरुका आफ्नै बुझाई छन् । उनीहरु परिवारको संरचनाबारे मात्रै जानकार छैनन, प्रेम सम्बन्ध, विहे र जातभातका बिषयमा पनि सचेत छन् । विवाह र सम्बधबारे उनिहरुका मत एउटै छैनन् । तर स्वतन्त्रता र केटा र केटी सँगै सँगै अघि बढन सक्नुपर्छ र एक अर्काको मतमा सम्मान गर्नुपर्छ भन्नेमा उनिहरु सचेत देखिन्छन् ।
ग्लोबल कलेज अफ म्यानेजमेन्टका कक्षा १२ मा अध्ययनरत समृद्धि प्रसाई विवाहको परम्परागत परिभाषामा असहमती राख्छिन् । उनले विवाह सामाजिक रुपमा कानूनी रुपमा सँगै छौ भनेर निर्माण गरिएको स्विकृती भएको बताईन् । उनीसँगै पढने आर्या गौतमले लिभ इन रिलेशनसिपलाई सहज मान्छिन् । भन्छिन, ‘लिभ इन रिलेशनशिपमा एकअर्काको सबै बानी व्यवहार थाहा भइसकेको हुन्छ । यसले एक अर्काको बारेमा बुझ्नमा सहजता ल्याउँछ ।’
उनीहरुकै सहपाठी शाश्वत थापाले विवाहको परिभाषामा बदल्नुपर्ने तर्क राख्छन् । भन्छन, ‘विवाहको कन्सेप्ट नै आउटडेटेड लाग्छ । यस उमेरभन्दा अघिसम्म विवाह गरिसक्नुपर्छ भन्ने सोचसँग असहमत छु । विवाह आवश्यक छ, तर अहिले विवाह एक अप्सन भइसकेको छ ।’
कान्तिपुरको भिडियो कार्यक्रम जेन्जी जङसनमा जेन्जी पुस्ताका प्रतिनिधी तीन पुस्ताले विवाह, पारिवारिक सम्बन्ध र लिभ इन रिलेशनशिपलाई परम्परागत र आधुनिक दृष्टिकोणबाट विश्लेषण गरेका छन् । उनिहरुका बिचारले समाजमा विवाहको स्वरूप र परिभाषामा भइरहेका परिवर्तनलाई दर्शाउँछन् । जेन्जी पुस्ताको विचार र बुझाई बुझ्न पुरै भिडियो हेर्नुहोस ।